मधेशमा सशस्त्र प्रहरी ‘एक्सन’ माः तीन महिनामै २७ करोड ८५ लाखको अवैध सामान बरामद, डिआजी भट्टको निर्देशनमा सीमाक्षेत्रमा सुक्ष्म निगरानी

तस्करीदेखि लागुऔषध र मानव बेचबिखन लगायतका गैरकानुनी कार्य माथि डिआइजी भट्टको निगरानी, ५९ जनाको उद्धार र ८४ जना पक्राउ

न्यूज डेस्क
२०८३ आश्विन १६, शुक्रबार ०९:०० बजे

मधेश प्रदेशमा प्रमुख चुनौतीको रुपमा नेपाल–भारत खुला सीमाबाट हुने तस्करी, सीमा अपराध तथा अन्य गैरकानुनी गतिविधिलाई नियन्त्रणमा लिन डिआइजी भट्टको निर्देशन पश्चात प्रदेश भरी नै सशस्त्र प्रहरी बललाई थप सक्रिय बनाएका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल मधेश प्रदेशका अनुसार गत असारदेखि भदौ मसान्त सम्मको तीन महिनाको अवधीमा मात्रै २७ करोड ८५ लाख बराबरको राजस्व छलीका अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको छ । अवैध सामान ओसारपसारमा प्रयोग भएका करिब १० करोड २२ लाखका सवारीसाधन बरामद गरिएर भन्सार कार्यालयहरुमा बुझाइएको जनाइएको छ ।
यस अवधिमा भन्सार छली गरी अवैध रूपमा निकासी–पैठारी गरिएका खाद्यान्न तथा किराना सामग्री, कपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपाट्र्स र कस्मेटिक्स लगायतका विभिन्न सामानहरु बरामद गरिएका छन् ।
१ हजार १०४.०५ क्युफिट अवैध काठ, ३० लाख ७ हजार नेपाल रुपैया तथा ४ हजार २८० भारतीय रुपैया समेत बरामद गरिएको सशस्त्र प्रहरी बल मधेश प्रदेशको मुख्यालय छिन्नमस्ता बाहिनी बर्दीवासले जनाए । यस्तै, ८.५७० ग्राम सुन र १०२ ग्राम चाँदी बरामद गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको डिआइजी भट्टले भने ।
विभिन्न खाले अपराधमा संलग्न ८४ जनालाई पक्राउ गरी अनुसन्धानका लागि सम्बध निकायमा कारवाहीको लागि जिम्मा लगाइएको छ । अवैध सामान भण्डारण गरिएको आशंकामा ३५ भन्दा बढी स्थानमा सम्बन्धित निकायसँगको समन्वय गरी खानतलासी गरियो ।

लागुऔषध र हतियार नियन्त्रणमा कडाइ
सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण तर्फ सशस्त्र प्रहरीले उल्लेख्य कारबाही गरेको छ । तीन महिनाको अवधिमा १९३.६८ ग्राम ब्राउन सुगर, ९.५ केजी चरेस र १ हजार ६०६.८५७ केजी गाँजा सहित विभिन्न प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ ।
सीमावर्ती क्षेत्रलाई लागुऔषध मुक्त बनाउने उद्देश्यले सशस्त्र प्रहरीले यस वर्ष मधेशका सीमावर्ती क्षेत्रमा रहेका पालिकामा लागुऔषध विरुद्ध राष्ट्रिय अभियान अन्तर्गत पाइलट कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको सशस्त्र प्रहरी स्रोतले जनाए ।
यसैगरी ३ थान कटुवा पेस्तोल, २ थान सिक्सर र २ थान भरुवा बन्दुक सहित गोली तथा बारुद समेत बरामद गरिएको जनाइएको छ ।

५९ जनाको मानव बेचबिखनबाट उद्धार
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा पनि सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । बेचबिखनको आशंकामा २९ महिला र ३० पुरुष गरी ५९ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएका मध्ये १२ बालक र २ बालिका समेत रहेको डिआजी भट्टले भने । अवैध रुपमा गरिने उत्खननविरुद्ध पनि कारबाही गर्दै तीन महिनामा २२ ट्रेक्टर, २६ टिपर र २ वटा जेसीबी नियन्त्रणमा लिए । सोही क्रममा सम्बन्धित ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सम्बन्ध निकायमा बुझाइएको थियो ।
विपदमा सशस्त्र प्रहरीको सक्रियता
सीमा सुरक्षासँगै विपद् व्यवस्थापन र खोज तथा उद्धारमा पनि सशस्त्र प्रहरी परिचालन सक्रिय भुमिका निर्वाह गरेको डिआइजी भट्टले भने ।
तीन महिनाको अवधिमा विभिन्न विपदमा परेका १५ पुरुष र १५ महिला सहित ३० जनालाई सकुशल उद्धार गरिएको छ । त्यस्तै, २११ पुरुष र ६३ महिला सहित २७४ जना घाइतेको उद्धार गरियो । ६३ पुरुष र १६ महिला सहित ७९ जना मृतकको उद्धार समेत गरिएको विवरणमा उल्लेख छ ।
मधेश क्षेत्रमा सशस्त्र प्रहरी बलसँग १२ जना तालिम प्राप्त गोताखोर रहेको छ । नदीजन्य विपद्का समयमा खोज तथा उद्धारका लागि उनीहरूलाई आवश्यकता अनुसार विभिन्न स्थानमा परिचालन गरिँदै आएको बताइएको छ ।

३५ कर्मचारीमाथि विभागीय कारबाही, ४३ पुरस्कृत
सशस्त्र प्रहरीको संगठन भित्र अनुशासन कायम राख्न पनि सशस्त्र प्रहरीले कारबाही र पुरस्कारलाई सँगसँगै अघि बढाएको छ ।
संगठनको नीति विपरीत आचरण गरेको आरोपमा ३५ जना अधिकृत कर्मचारीलाई विभागीय कारबाही गरिएको छ । कार्यक्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने ४३ जना कर्मचारीलाई पुरस्कृत गरिएको उनले भने ।
सीमा सुरक्षा, तस्करी नियन्त्रण, लागुऔषध तथा हतियार नियन्त्रण, मानव बेचबिखन रोकथाम र विपद् उद्धारलाई प्राथमिकतामा राख्दै मधेश क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउने प्रयास भइरहेको सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डिआइजी) भट्टले जानकारी दिदै संगठनको मर्म अनुसार काम गर्नुपर्ने अन्यथा गतल कार्यमा संलग्न रहेको पाइयो वा अन्य माध्यमबाट जानकारी प्राप्त भएमा विभागिय कारवाहीको लागि तयार रहनुपर्ने समेत उनले चेतावनी दिए ।
स्मरणीय रहोस की, मधेश प्रदेशको कमाण्ड सम्हालेका डिआइजी भटको कार्यशैलीबाट अबैध कारोवार गर्नेहरुमा हल्लिखल्लि मचिसकेको छ । अबैध कारोवार गर्न पल्किएकाहरु अब कामको लाइन मिल्छ प्रतिक्षा गर्दागर्दै डिआइजी भटको संगठन प्रति देखिएका इमान्दारीताको कारण अब विस्तारै अबैध कारोवार गर्ने कारोवारीहरु गल्न थालिसकेका छन् । हुन पनि हो ८ जिल्लाको सीमा क्षेत्रमा सबै युनिट इन्चार्जहरु इमान्दार नरहेपनि गुनासो आएको स्थानमा विशेष संयन्त्र परिचालन गरेर अबैध कारोवार माथि क्रमशः निगरानी राख्दै कारोवारलाई ध्वस्त बनाउने कार्यमा संलग्न रहेको पाइएका छन् । डिआइजी भट भन्दा अगाडी समयको कार्यकालमा कागज एवं भाषणमै सिमित रहनु परेका परिवेश भएपनि अहिले सबै परिवर्तन भई कारवाहीको डरले पनि अधिकाँश समय सुक्ष्म निगरानी राख्नमै सशस्त्र प्रहरी व्यस्त रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्