वीरगञ्ज । तीन दिनअघि सम्पर्कविहीन भई हराएका बाराको कलैया उपमहानगरपालिका–१६, मझौलियाका १४ वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बालक हराएको सूचना २०८३ कार्तिक ११ गते राति ११ः३० बजे प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास तथा आवश्यक पहल गरी बालकको सकुशल उद्धार गरेको हो।
उद्धार गरिएका बालकलाई २०८३ कार्तिक १२ गते उनका बुवाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीको सक्रियतामा हराएका बालक सकुशल फेला परेपछि परिवारलाई राहत मिलेको छ।


तपाईको प्रतिक्रिया !