भृकुटीमण्डपमा नाडा इभी एक्स्पो २०२२ सुरु



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट नाडा एक्स्पो सुरु हुँदैछ । नाडा इभी एक्स्पो २०२२ सुरु हुन लागेको हो ।

यो एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगि संस्थाको रुपमा सहभागि हुनेछ भने युएसएड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामुलक गोष्ठीको संचालन गर्ने भएको छ ।



आयोजककाअनुसार पहिलो ईभी अटो शोमा ७ वटा चार पाङ्ग्रे ब्राण्डले भाग लिएका छन्। हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्लाले भाग लिएका छन्।



एक्स्पोमा सहभागिता जनाउनका लागि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको छ ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने प्यासेन्जर भेहिकल आयातमा प्रतिवन्ध लगाएपछि नाडा अटोमोबाइल एशोसिएसनले विद्युतीय गाडीको प्रदर्शनी गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज