सुडानमा बाढीबाट १४६ जनाको मृत्यु



एजेन्सी । सुडानमा हालै आएको बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या एक सय ४६ पुगेको छ।

सुडानको नेसनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार अन्य केही व्यक्ति हराइरहेका छन्।



काउन्सिलले यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा त्यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको हो।



हालै आएको बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ।

बाढीबाट दशौं हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज