श्रीलंकामा ८४ प्रतिशतले खाद्यान्नको मूल्य वृद्धि



कोलम्बो । श्रीलंकाको वार्षिक मुद्रास्फीति दर अगस्टमा ७० प्रतिशतभन्दा बढी पुगेको छ ।

देश ७० वर्षपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग संघर्ष गरिरहेको छ ।



आधिकारिक तथ्यांकले पनि खाद्यान्नको मूल्य एक वर्ष अघिको तुलनामा ८४.६ प्रतिशतले बढेको देखाएको छ ।



२२ मिलियन जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र यस वर्ष विदेशी मुद्राको अभावमा आर्थिक र राजनीतिक अराजकतामा फसेको थियो ।

देशले इन्धन, मल र औषधिलगायत प्रमुख आयात धान्न सकेको छैन ।

गत हप्ता सार्वजनिक गरिएको आधिकारिक तथ्यांकले अगस्टको अन्त्यसम्मको तीन महिनामा अर्थतन्त्र ८.४ प्रतिशतले संकुचित भएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज