युरोपेली संसदका प्रतिनिधिमण्डल आज नेपाल आउँदै



काठमाडौँ । युरोपेली संसद्को प्रतिनिधिमण्डल दुई दिने नेपाल भ्रमणका लागि आज (बिहीबार) काठमाडौँ आउँदै छ ।

उक्त टोलीको नेतृत्व इभलिन रेग्नरले गर्नेछिन् । उनी युरोपेली संसदकी उपाध्यक्ष हुन् ।



नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नेछ ।



नयाँ संविधान जारी भएपछि संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेका कामबारे जानकारी लिन युरोपेली संसदीय प्रतिनिधिमण्डल आउन लागेको जनाइएको छ ।

युरोपेली प्रतिनिधिमण्डलले नेपालमा प्रमुख राजनीतिक दलका नेता, संघीय सरकारका मन्त्रीहरू, नागरिक समाजका प्रतिनिधि, महिला नेतृ तथा पत्रकारसँग अन्तर्क्रिया गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज