गठबन्धन मसल र निजी स्वार्थको भाषा बोल्छ : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देश र संविधानको भाषा बोल्ने दाबी गरेका छन् ।  पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमका बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘नेकपा एमाले देशको भाषा बोल्छ । जनताको भाषा बोल्छ । संविधानको भाषा बोल्छ । कानूनको भाषा बोल्छ।’



गठबन्धन निजी स्वार्थका लागि जे काम पनि गर्न तयार हुने अवस्था देखिएको अध्यक्ष ओलीले बताए ।



उनले भने,‘गठबन्धन मसलको भाषा बोल्छ । निजी स्वार्थको भाषा बोल्छ। ’ एमाले गठबन्धनका पार्टीजस्तो सुरक्षाको खोजी गर्दै दौडिने पार्टी नरहेको अध्यक्ष ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज