एमाले अध्यक्ष ओलीको प्रश्न – म प्रधानमन्त्री रहँदा अकुपाई बालुवाटार भन्नेहरू कहाँ गए ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको काम स्वेच्छाचारिताको पराकास्टा भएको बताएका छन् ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षकलाई पार्टी प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।



देशको प्रधानन्यायाधीशलाई गैरकानूनी ढंगले नजरबन्दमा राख्दा कोही नबोलेको भन्दै उनले आपत्ति जनाए ।



ओलीले भने, ‘प्रधानन्यायाधीशलाई घरमै थुनेर राखेको छ, सुरक्षाकर्मी खोसिदिएको छ । म प्रधानमन्त्री रहँदा अकुपाई बालुवाटार भन्नेहरू कहाँ गए, इनअफ इज इनअफ किन बोल्दैनन् ?’

सभामुखले ६ महिनासम्म बननियतपूर्वक महाअभियोग रोकेर राखेको भन्दै ओलीले संसदको कार्यकाल सकिएसँगै त्यो सकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज