सञ्चार मन्त्रालयद्धारा ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई पनि स्वदेशी मान्यता



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेम गीत ३’ को हिन्दी संस्करणलाई पनि नेपाली मान्यता दिएको छ ।

‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको हो । अब ‘प्रेमगीत ३ले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।



बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।



बोर्डले विदेशी फिल्म करार गरेपछि वितरकले मन्त्रालयमा निवेदन दिएका थिए । यो निवेदन लगत्तै मन्त्रालयले बोर्ड अध्यक्ष केसीलाई छलफलमा बोलाएको थियो ।

मन्त्रालयको निर्णयपछि अब ‘प्रेमगीत ३’ को हिन्दी सेन्सर हुने बाटो खुलेको छ भने भोलि प्रदर्शन हुने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज