वीरगंज । पर्साको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी प्रमुख (इन्स्पेक्टर) राजन ढकाललाई पाँच महिनामै प्रहरी प्रधान कार्यालयले हटाएको छ ।
आर्थिक लेनदेनमा मुछिएको, कार्यसम्पादनमा कमजोर रहेको र धेरै गुनासो आएपछि कारबाहीस्वरुप उनलाई हटाइएको हेडक्वाटर स्रोत बताउँछन्।
गत वैशाख २६ गते ढकालको पोखरियामा सरुवा भएको थियो। उनलाई तानेपछि पोखरियामा इन्स्पेक्टर स्वरुप शर्मालाई प्रहरी प्रधान कार्यालयले खटाएको छ ।
प्रतिक्रिया!