काठमाडौं तीनकुनेमा भेटिएको शव पत्रकार सुरेश रजकको पुष्टि, प्रदर्शनमा मृतकको संख्या दुई पुग्यो

न्यूज डेस्क
२०८१ चैत्र १५, शुक्रवार २१:०६ बजे

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजवादी समूहको प्रदर्शन स्थलमा भेटिएको शव पत्रकार सुरेश रजकको पुष्टि भएको छ । शुक्रवार दिउँसो आगजनी भएको घरसँगै शव भेटिएको थियो । शव  पत्रकार रजकको पुष्टि भएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए । यसअघि प्रदर्शनमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । रजकसँगै तीनकुनेको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

रजक दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनको दृश्य खिच्न तीनकुनेमा गएका हुन् । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्