पर्सा प्रहरीको भदौको तथ्यांक : १५४ मुद्दा, १३८ पक्राउ, १ करोड १४ लाख जरिवाना असुल



वीरगञ्ज, ३ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले भदौ महिनामा विभिन्न प्रकृतिका अपराधसम्बन्धी १५४ वटा मुद्दा दर्ता गरेको जनाएको छ। सो अवधिमा चालु मुद्दाका १३८ जना प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीका अनुसार फैसला कार्यान्वयनतर्फ १०७ जना पक्राउ परेका छन्। उनीहरूबाट २४ वर्ष ३ महिना २८ दिन कैद तथा १ करोड १४ लाख ८१ हजार ७५० रुपैयाँ जरिवाना असुल गरिएको छ।

यस्तै, लागूऔषधसम्बन्धी कसुरमा ४१ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट २२९ किलो ९३५ ग्राम गाँजा, ३५६ ग्राम ५१८ मिलिग्राम ब्राउन सुगर, ९ किलो ५७८ ग्राम चरेस तथा अफिमसमेत बरामद गरेको जनाएको छ।

भन्सार छली नियन्त्रणअन्तर्गत प्रहरीले करिब १ करोड ९ लाख रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ। त्यस्तै, अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत ३ हजार ११५ लिटर मदिरा र १० हजार ६५ लिटर कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अपराध नियन्त्रण, फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण तथा अवैध ओसारपसारविरुद्धको कारबाहीलाई निरन्तरता दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज