पोखरिया बजारमा घरेलु मदिरा नियन्त्रण गर्न खोज्दा प्रहरी र स्थानीयबीच तनाव

न्यूज डेस्क
२०८३ कार्तिक १५, आइतवार १०:०१ बजे

वीरगंज, १४ कार्तिक। पर्साको पोखरिया बजारमा घरेलु मदिरा नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीयवासीबीच केही समय तनाव उत्पन्न भएको छ। बजारमा बिक्रीका लागि राखिएको घरेलु मदिरा नियन्त्रणमा लिन खोजेपछि स्थानीयवासीले विरोध जनाएका हुन्।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले बजारका विभिन्न रक्सी पसलमा बिक्री वितरणका लागि राखिएको घरेलु मदिरा नियन्त्रणमा लिन खोजेको थियो। तर, प्रहरीले पसलबाट मदिरा नियन्त्रणमा लिएर लैजान खोज्दा स्थानीयवासीले अवरोध गर्दै मदिरा खोसेर पुनः सम्बन्धित पसलेको जिम्मा लगाएका थिए।

घटनाका क्रममा प्रहरी र स्थानीयवासीबीच केही समय भनाभन हुनुका साथै तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

स्थानीयवासीका अनुसार घरेलु मदिरा नियन्त्रण गर्ने हो भने बिक्री वितरण भइरहेको पसलबाट मात्र मदिरा जफत गर्नुभन्दा मदिरा उत्पादन भइरहेको स्थानमै पुगेर उत्पादन रोक्न प्रहरीले पहल गर्नुपर्छ। उत्पादनस्थलमा कारबाही नगरी बिक्रीका लागि राखिएको पसलबाट मात्रै मदिरा नियन्त्रणमा लिनु उचित नभएको उनीहरूको भनाइ छ।

स्थानीयवासीले घरेलु मदिरा नियन्त्रण गर्ने प्रहरीको अभियानप्रति विरोध नभई कारबाहीको प्रक्रियामाथि असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले उत्पादनस्थलमै पुगेर प्रभावकारी कारबाही गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्