मधेशको शान्ति सुरक्षा सुदृढ बनाउन ठोरीमा सुरक्षा समन्वय समितिको बैठक

न्यूज डेस्क
२०८३ आश्विन २७, मंगलवार २०:०३ बजे

वीरगञ्ज । मधेश प्रदेशको समग्र सुरक्षा अवस्था र सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्दै पर्साको ठोरीमा प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा असोज २६ गते सशस्त्र प्रहरी बल नेपाल, बीओपी ठोरीमा बैठक बसेको हो।

बैठकमा प्रदेशको समग्र सुरक्षा अवस्था, सुरक्षा निकायबीचको आपसी समन्वय तथा शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

बैठकमा सहभागी पदाधिकारीहरूले प्रदेशमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायहरूबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रदेशको सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायबीच निरन्तर समन्वय आवश्यक रहेको बैठकले औँल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्