सप्तरीमा ज्यान मार्ने उद्योगको आरोपमा दुई जना पक्राउ

NEWS DESK
२०८३ कार्तिक ७, शुक्रबार ११:०३ बजे

राजविराज, कात्तिक ६ गते । सप्तरीको कञ्चनरूप नगरपालिका–८ मा झैझगडा तथा कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका–८ निवासी १९ वर्षीय हिमेश पासमान र १९ वर्षीय श्रीचन्द्र मण्डल रहेका छन् ।

गत बुधबार राति करिब ९ः१० बजे सोही वडास्थित विद्युत् कार्यालय नजिक भएको झैझगडा तथा कुटपिटमा तीन जना घाइते भएका थिए । घाइते हुनेमा १८ वर्षीय राहुल सरवरिया, १९ वर्षीय श्रवण सदा र २८ वर्षीय राजु सदा रहेका छन् । उनीहरू तीनै जनाको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आरोपित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्