अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ असार २२, मंगलवार ०३:४७ बजे

सुदिप चौरसिया, बिरगंज २१ असार- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चक्लाबन्दि पकेट /ब्लक जोन कार्यक्रम अन्तर्गत मेसिन द्वारा धान रोप्ने कार्यक्रम आज सम्पन्न भएको छ ।

पर्सागढी नगरपालिका वडा न ३ को झुलिटार गाउमा मेसिन बाट धान रोप्ने कार्यक्रम सम्पन्न भएको हो ।
सुनाखरी कृषि सहकारी सस्था पर्सागढी नगरपालिका – ३ को आयोजना र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पर्साको सहयोगमा किसान लाई आधुनिक कृषि रोपाइको लागि मेसिन बाट करिब ६ कठा रोपाइ गरि देखाईयकाे थियाे ।

कृषि क्षेत्रमा आधुनिकीकरण र प्रबिधिकरण भईरहेको समयमा यो मेसिन पनि धेरै नै उपयोगी देखिएको छ।
यस प्रबिधि बाट रोपाई गर्दा ४०% श्रम कार्यकुशलता हुने ६० % समयको बचत हुने र १०% उत्पादनमा वृद्धि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ पर्साका प्रमुख रोसन अधिकारी ले बताउनुभयो ।

साथै नया प्राविधिक तर्फ कृषकहरुलाई आकर्षक गर्न धान जोन अन्तर्गत रहेका कृषक हरुको आगामी बर्ष देखि मेसिन बाट धान रोपाइ गरिने र कृषिमा आधुनिकरण र यान्त्रिकरणको विकास संग संगै अहिलेको बैज्ञानिक यूगमा यो मेसिन अति नै आव्श्यक रहेको उनले बताए ।

कार्यक्रममा कृषि औजार केन्द्र पर्साका कृषि प्रविधिक अधिकृत द्वारिका चौधरी र कृषि ईन्जिनियर छिरिङग शेर्पाले सुनाखरी कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती भट्टराई , बिक्रम कार्की स्थानीय संचारकर्मी लगायत किसान हरुको सहभागीता रहेको थियो ।

मेसिनबाट धान रोपेको पहिलो पटक हेर्न पाएर किसानहरु धेरै नै हर्षित र उत्साहित भएका थिए।अगामी दिनहरुमा यस्तो प्रबिधिबाट खेती गर्ने अपेक्षा राख्दै चक्लाबन्दी खेतीलाई पनि प्राथमिकतामा राख्ने सुनखारी सहकारी संस्थाकी अध्यक्ष सरस्वती भट्टराईले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय