अपडेट 
अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड | ड्राइभर चिया खान झरेको बेला रेल आफैं ८० किलोमिटर गुडेपछि… | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ |
२०७९ आश्विन २८, शुक्रबार १२:४७ बजे

बिरगंज – २८ असोज । बीरगंज भन्सार कार्यालयमा राजश्व चुहावट नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका डिएसपी चडेको गाडी रोकेर चेकजांच गर्दा अपमानित भएर सरुवा हुनु परेको छ ।

अख्तियार दरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडामा कार्यरत नेपाल प्रहरीका प्रहरि नायब उपरीक्षक प्रेम सागर केसी सिमापार बुधबार भारतिय शहर रक्सौलबाट मालसामान खरिद गरी फर्कदै गर्दा डिएसपी चडेको गाडीलाई बीरगंज भन्सारको मुल गेटमा खटिएका सशस्त्र प्रहरीले रोकेर चेकजांच गर्न खोज्दा डिएसपी केसीले सशस्त्र प्रहरीलाई आफु अख्तियारको डिएसपी भएको धाक देखाउदै तथानाम गाली गरेका थिए ।

सशस्त्र प्रहरीको डिप्टी कमाण्डर समेत रहेका सशस्त्र प्रहरी नायव निरिक्षक सोम परियारले डिएसपी केसीको परिचय पाए पछी मौन बसेका थिए ।

अवस्था त्यतिमा मात्र सिमित रहेन घटनाको भोली पटक सप्रनानी परियारको अन्यत्र सरुवा भयो डिएसपी केसीले आफ्नो पदको दरुपयोग गर्दै सशस्त्र प्रहरीको नेतृत्वलाई दवाव दिएर परियारको सरुवा गर्न लगाएका छन ।

आफै अख्तियारको दरुपयोग गर्ने माथी कारवाही गर्ने निकायमा कार्यरत डिएसपी केसीले आफैले अख्तियारको दुरुपयोग गरी आफ्नो कर्तब्य निरभाह गरिरहेका सशस्त्र प्रहरीका सप्रनानि परियारको सरुवा गराएर खुवै ठुलो इमानदारी देखाएका छन । यस तर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । द मधेश टाईम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय