अपडेट 
अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड | ड्राइभर चिया खान झरेको बेला रेल आफैं ८० किलोमिटर गुडेपछि… | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ |
२०७९ आश्विन २९, शनिबार १६:०६ बजे

वीरगंज,२९ असोज। वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट गत असोज २३ गते कपडा लगायत सामग्री लोड गरी काठमाडौंतर्फ निस्किएको मालवाहक ट्रकलाई वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरी बल बीओपीको टोलीले नियन्त्रणमा लियो ।

बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टले चालकसँग कपडा व्यापारीको मोबाइल नम्बर लिएर सम्पर्क गरे ।

सम्बद्ध स्रोतका अनुसार प्रहरी निरीक्षक भट्ट र कपडा व्यापारीबीच ‘आर्थिक डिल’ भएपछि उक्त ट्रक त्यही राति त्रिभुवन राजमार्ग अन्तर्गत वाराको जीतपुरतिर छाडिएको थियो ।
मालवाहक ट्रक छोडाउन निरिक्षकसँग गरिएको ‘डिल’ को प्रमाणसहित व्यापारीले सशस्त्र प्रहरी बल मूख्यालयमा उजुरी गरेका थिए । छानबिनमा दोषी देखिएपछि सशस्त्र प्रहरी निरीक्षक भट्टसहित बोओपीका ९ जना प्रहरीलाई मूख्यालय तानिएको छ ।

‘उजुरी पर्ने बित्तिकै प्रहरी निरीक्षक भट्टलाई बर्दिवासस्थित सशस्त्र प्रहरी बल वाहिनीमा अनुसन्धानका लागि बोलाइएको थियो,’ नाम उल्लेख नगर्ने सर्तमा सशस्त्रका एक अधिकृत भन्छन्, ‘बाहिनी गएको २ दिनमा प्रहरी निरीक्षक, सई, असईसहित ९ जनालाई मूख्यालयले तानेको छ ।’सशस्त्र प्रहरी स्रोतका अनुसार निरीक्षक भट्टको टोलीले मालवाहक ट्रक छाड्नका लागि कपडा व्यापारीसँग ३ लाख ५० हजार रुपैयाँ लिएका थिए ।

छानबिनका लागि भट्ट मूख्यालय गएपछि वीरगन्ज भन्सार बीओपीमा तत्कालका लागि सशस्त्र प्रहरी गण पर्साले प्रहरी निरीक्षकसँग प्रकाश भुजेललाई पठाएको छ ।

यसैगरी भन्सारस्थित नेपाल प्रहरीको इनर्वा प्रहरी चौकीका वरिष्ठ प्रहरी नायव निरीक्षक हिमाल भण्डारी गत असोज ९ मा कारवाहीमा परेका थिए । सीमावर्ती भारतीय रक्सौल बजारबाट मालसामान लिएर आउने कारोबारीसँग पैसा लिएको भिडियो सार्वजनिक भएपछि चौकी प्रमुख वरिष्ठ सई भण्डारीसहित ५ जना प्रहरी कारवाहीमा परेका थिए । भिडियोमा देखिएका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जनाए ।

प्रहरी हेडक्वार्टरबाट काजमा वीरगन्ज आएको भोलिपल्ट नै भण्डारीले इनर्वा प्रहरी चौकी प्रमुखको जिम्मेवारी पाएका थिए । ‘काठमाडौंबाट वीरगन्ज आएर भण्डारी एक रात होटलमा बास बसी भोलिपल्ट इनर्वाको पोष्टिङ पाएका थिए,’ एक प्रहरी अधिकृत भन्छन्, ‘शक्ति केन्द्रबाट आउनेहरु सिधै चौकीमा जान्छन्, भनसुन गर्ने कोही नहुनेहरू महिनौंदेखि जिल्ला प्रहरी कार्यालयमा ड्यूटी गरिरहेका छन् ।’

पैसा असुली रहेको भिडियो सार्वजनिक भएपछि भण्डारीको काज फिर्ता भएको छ । हवलदारसहित अन्य ५ जना जिल्ला प्रहरी कार्यालय पर्सा तानिएका छन् । पैसा लिएको भिडियो सार्वजनिक हुनुअघि भण्डारीको टोलीले रक्सौलबाट ८ लाख रुपैयाँ लिएर वीरगन्जतर्फ आइरहेका एक हुन्डी कारोबारीलाई नियन्त्रणमा लिई ३ लाख रुपैयाँ लिएर छाडेका थिए । शक्ति केन्द्रको सिफारिसमा आएका भण्डारीलाई जोगाउनका लागि उक्त घटना सामसुम पारिएको थियो ।मिसनखोज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय