सशस्त्र प्रहरी लहावरथकरीद्वारा बेरोजगार युवाका लागि ७ दिने हेयरकटिङ तालिम सुरु



वीरगंज । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म लहावरकरीले बेरोजगार युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यसहित आइतबारदेखि ७ दिने हेयरकट (केश कटाइ) तालिम सुरु गरेको छ। यो पहल सीमाक्षेत्रमा हुने तस्करीलाई पनि निरुत्साहित गर्न महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

पकहाँ मैनपुर–४, लहावरथकरीस्थित सिमा सुरक्षा गुल्ममा आयोजित तालिमको उद्घाटन समारोहमा लहावरकरी गुल्मका गणपति डीएसपी लोकनाथ उप्रेतीले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै डीएसपी उप्रेतीले सीमाक्षेत्रमा सशस्त्र प्रहरी र स्थानीय समुदायबीच समन्वय र सहकार्य बढाउने उद्देश्यले यस्ता सीपमूलक तालिम आयोजना गरिएको बताए।

सात दिनसम्म सञ्चालन हुने तालिममा १५ जना सहभागी रहेका छन्। तालिममा सहभागी युवाहरूले हेयरकटिङ् र व्यावसायिक सीप हासिल गर्ने अवसर पाउने छन्, जसले उनीहरूलाई आत्मनिर्भर बनाउने र स्वरोजगारको बाटो खोल्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा पकहाँ मैनपुर–४ का वडाध्यक्ष ढेडी यादव, पकहाँ मैनपुर–५ का वडाध्यक्ष बलिराम चौरसिया, पत्रकार छठु साह, वडा समिति सदस्य पप्पू गिरी, सशस्त्र प्रहरी सीमा सुरक्षा बल मिर्जापुरका इन्सपेक्टर धानबहादुर अधिकारी, भिस्वाका इन्सपेक्टर राेशन सिर्नेट लगायतको उपस्थिती रहेको थियो।

सशस्त्र प्रहरीले जनसहभागिता र सामाजिक सद्भाव बढाउन यस्ता सीपमूलक तथा जनमैत्री कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।

विशेषज्ञहरूको अनुसार, सीमाक्षेत्रमा रोजगारमूलक तालिम कार्यक्रमले न केवल आर्थिक स्वरोजगारको अवसर सिर्जना गर्छ, तर असामाजिक गतिविधि र तस्करी नियन्त्रणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज