झापाबाट सुरु भएको सशस्त्र प्रहरी झण्डा मार्च: लहावरथकरी टोलीद्वारा भिखमपुर टोलीलाई हस्तान्तरण, मार्च ठोरीतर्फ प्रस्थान



वीरगंज। २५औँ सशस्त्र प्रहरी दिवस–२०८२ को अवसरमा सञ्चालन भइरहेको सशस्त्र प्रहरी बल नेपालको पूर्व–पश्चिम झण्डा मार्च टोली पर्साको मिर्जापुर हुँदै ठोरीतर्फ प्रस्थान गरेको छ।

सशस्त्र प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ३ बजे झण्डा मार्च टोली पर्साको भिखमपुर क्षेत्रमा प्रवेश गर्दै आफ्नो यात्रा अगाडि बढाएको हो। पूर्वी सीमा झापाबाट गत पुस २० गते सुरु भएको उक्त झण्डा मार्च टोली शुक्रबार दिउँसो पर्साको छिपहरमाई गाउँपालिका–१ स्थित भलुवाहिया पुगेको थियो।

छिपहरमाई गाउँपालिका–१ भलुवहियास्थित ओरिया खोलानजिक भारततर्फ पश्चिमी चम्पारणको रमपुरवा–बसन्तपुर ग्राम पञ्चायत अन्तर्गत पर्ने सानो सीमा स्तम्भ नम्बर ४१६/५ नजिक लहावरथकरी, भिस्वा तथा बिओपी मिर्जापुरको टोलीले सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीलाई औपचारिक रूपमा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ उप्रेतीको नेतृत्वमा ल्याइएको राष्ट्रिय झण्डा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) दिनेश आचार्य नेतृत्वको टोलीलाई जिम्मा लगाइएको हो।

झण्डा हस्तान्तरण कार्यक्रममा बिओपी मिर्जापुरका सशस्त्र प्रहरी निरीक्षक धनकुमार अधिकारी, बिओपी भिस्वाका सशस्त्र प्रहरी निरीक्षक रोशन श्रीनेत नेतृत्वको टोलीसहित सशस्त्र प्रहरीका अन्य अधिकारी तथा जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज