अनु थिङसँग बिहे गर्दै अभिनेता बुद्धि तामाङ



काठमाडौं । अभिनेता बुद्धि तामाङले विवाह गर्ने भएका छन्। तामाङले मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गर्ने भएका हुन् ।

अनुसँग उनको मागी विवाह हुन लागेको हो। ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन्।



भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।



अभिनेता बुद्धिले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोलेलगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज