रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १३ जना घाइते



रुकुम । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भूमे गाउँपालिका वडा नम्बर ३ स्थित क्याङ्सीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।



घाइतेहरुको जिल्ला अस्पताल रुकुम कोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।



बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज