अनु थिङसँग विवाह बन्धनमा बाँधिए बुद्धि तामाङ

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०६:४५ बजे

काठमाडौँ । अभिनेता बुद्धि तामाङले विवाह गरेका छन्। उनले मकवानपुरकी अनु थिङ तामाङसँग मागी विवाह गरेका हुन्।

उनीहरूको आज तामाङ परम्पराअनुसार विवाह भएको हो। कौशलटारको एउटा पार्टी प्यालेसमा उनको विवाह समारोह अहिले जारी छ ।



३० वर्षीय थिङ हाल स्नातक अध्ययरत रहेको बताइएको छ । विवाहमा दुवैका परिवार तथा निकट साथीभाइको उपस्थिति छ ।



अभिनेता बुद्धिले ‘साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोलेलगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन्।

बुद्धि नेपाली सिने क्षेत्रमा ‘हैट’ नामले चर्चित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्