११ गतेदेखि निर्वाचन आचारसंहिता लगाउने आयोगको तयारी

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०७:२५ बजे

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता असोज ११ गतेदेखि लगाउने तयारी गरेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार आचारसंहिता पालनाको प्रतिबद्धता व्यक्त गर्न आइतबार दलहरुलाई हस्ताक्षरका लागि बोलाउने तयारी गरिएको छ ।



प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसमेत हस्ताक्षरका लागि आयोग जाने भएका छन् ।



निर्वाचन आचारसंहिताका केही बुदाँहरु लागु गर्न निर्देशन दिइसकेका साथै सम्पूर्ण रुपमा ११ गतेदेखि आचारसंहिता लगाउने आयोगको तयारी रहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्