सिटका विषयमा सभापतिलाई दबाब दिन शेखर पक्षधरको बैठक जारी

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०८:२५ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज बसिरहेको छ।

दोस्रो तहका नेताहरुको बैठक आज गरेपछि भोलि कोइरालासहित पदाधिकारीहरुले छलफल गर्ने बताइएको छ।



पार्टीको समानुपातिक सूचीप्रति असन्तुष्ट रहेको कोइराला पक्षले प्रत्यक्षतर्फ पनि १ सय भन्दा कम सिट नलिन पार्टी नेतृत्वलाई दबाब दिँदै आएको छ।



सता गठबन्धनमार्फत् पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सिट बाँडफाँट टुंग्याउने अन्तिम कसरत गरिरहँदा पार्टीभित्र कोइराला पक्षले दबाब बढाउन थालेको हो।

जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्