नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर, मन्त्रीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०८:४४ बजे

धनगढी । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्रीकी श्रीमतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।



कैलालीको धनगढी– ९ स्थित शिव माविमा गीताले राहत शिक्षकका रूपमा काम गरेकी थिइन्।



बोर्ड अफ सेकेन्डरी इजुकेसन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्