एन आई सी एशियाको बैंक खाता मार्फत रेमिट्यान्स बुझे आकर्षक दक्षिणा

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार १०:१० बजे

काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

बैंकले ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ अफर सार्वजनिक गरेको हो ।



उक्त अफरमा बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ ।



यो अफर विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागु हुनेछ ।

अफरअन्तर्गत विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

यो अफर असोज १ देखि कार्तिक ३० सम्म लागु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्