राष्ट्रपति भण्डारीसँग अमेरिकी राजदूत बेरीले गरे बिदाइ भेट

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १३, बिहिवार १३:०९ बजे

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूर्त यान्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेका छन् ।

बिहीबार शितल निवास पुगेर बेरीले राष्ट्रपति भण्डारीसँग बिदाइ भेट गरेका हुन् ।



भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको बताइएको छ ।



उनी आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्किर्दै छन्। उनी २०१८ को अक्टोबरमा राजदूतका रूपमा नेपाल आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्