सालकको खपटासहित पेप्सीकोलाबाट दुईजना पक्राउ

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १३, बिहिवार १४:५३ बजे

काठमाडौं । काठमाडौँको पेप्सीकोलाबाट सालकको खपटासहित दुईजना पक्राउ परेका छन् ।

गोप्य सुचनाको आधारमा बिहीबार दिउँसो खटिएको सिआइबीको टोलीले सिन्धुलीको गालञ्जोर गाउँपालिका ४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका ४ का २८ वर्षीय रत्नबहादुर मगरलाई पक्राउ गरेको हो ।



उनीहरुको साथबाट साढे दुई केजी सालकको खपटा बरामद गरिएको प्रहरीले जनाएको छ ।



आवश्यक कारबाहीका लागि उनीहरुलाई डिभिजन वन कार्यालयमा पठाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्