खाद्यमा १०६ जनाका लागि जागिर खुल्‍यो [सूचनासहित]

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १४, शुक्रवार ०३:२३ बजे

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनी आवेदन आह्वान गरेको हो ।

विभागीय प्रबन्धकसहित कूल १ सय ६ जनाको विभिन्न पदमा व्यापार कम्पनी लिमिटेडले जागीर खुलाएको छ । दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिनेछ ।

लोकसेवा आयोगको असोज ७ गतेको सहमति र कम्पनीको पदपूर्ति समितिको १२ गतेको निर्णयले विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने भएकाले यो सूचना प्रकाशित भएको २१ दिन भित्रमा इच्छुक उम्मेदवारले दरखास्त दिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्