मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १४, शुक्रवार ०५:१० बजे

मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन्।

मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त पौडेललाई बधाई दिनुका साथै मलेसियामा स्वागत गरे।



भेटमा दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै अघि बढ्ने बारे छलफल भएको थियो।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्