सवारी दुर्घटना कम गर्न काभ्रेपलाञ्चोकमा टिपर चलाउन निषेध

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १४, शुक्रवार ०५:५० बजे

काभ्रेपलाञ्चोक । दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालनमा निषेध गरेको छ ।

कार्यालयले अरनिको र बीपी राजमार्गमा टिपर सञ्चालन गर्न निषेध गर्दै अरू सवारीसाधनका लागि टाइम कार्ड लागु गर्ने निर्णय गरेको हो ।



यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि यही असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक सवारीसाधनका लागि टाइम कार्ड लागु गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।



केन्द्रीय राजधानी काठमाडौंबाट दसैँ मनाउन काभ्रेपलाञ्चोकको रुट भएर मध्यपूर्व हुँदै पूर्वी जिल्ला जाने–आउने यात्रुको चापलाई व्यवस्थापन गर्न उक्त निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्