एमाले नेता राईद्धारा प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १४, शुक्रवार ०९:२६ बजे

धनकुटा । नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन्।

प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार दिउँसो पौडेललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।



आफूहरुलाई हेप्ने गरेको भन्दै राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको अडियो सार्वजनिक भएको छ ।



प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्रै पौडेलले पनि बचाउन नसक्ने पौडेललाई राईको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्