नेपालमा थप २८ हजार १०९ जनामा डेंगु संक्रमण पुष्टि

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १४, शुक्रवार ११:३८ बजे

 

काठमाडौं । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।



यो तथ्यांक गत साउनयताको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।



मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३१ सय २५, सुदूरपश्चिम प्रदेशमा ८५०, एक नम्बर प्रदेशमा ८२९ केस देखिएको छ ।

त्यसैगरी, गण्डकीमा ६७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्