युक्रेनी भूभाग आफ्नो देशमा गाभिएको पुटिनको घोषणा

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १४, शुक्रवार १३:५० बजे

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कब्जामा रहेका युक्रेनका चार भूभाग आफ्नो मुलुकमा गाभिएको घोषणा गरेका छन् ।

राजधानी मस्कोस्थित क्रेमलिन हलमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनी भूभागहरु लुहान्स्क, डोनेत्स्क, जापोरोज्जिया र खेर्सन क्षेत्रलाई आफ्नो मुलुकमा गाभेको घोषणा गरेका हुन् ।



यसअघि रुसले ती भूभागलाई आफ्नो मुलुकमा गाभिने विषयमा जनमत सङ्ग्रहको आयोजना गरेको थियो । सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले रुसी अधिनमा आएका भूभागमा रहेका गाउँ र सहरको पुननिर्माण गरिने बताए ।



यसबाहेक त्यहाँका जनतालाई सुरक्षित जीवन प्रदान गर्न समेत रुस तयार रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्