जसपा कार्यकारिणी समिति बैठक बस्दै, निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने तयारी

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १५, शनिवार ०७:०७ बजे

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)ले उम्मदेवार छनौटका लागि बैठक बोलाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको तय गर्न आज जसपा कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।



जसपाको आजकै बैठकले मुख्य उम्मेदवारहरुको टुंगो लगाउने स्रोतले जनाएको छ ।



सीट बाँडफाँट न्यायोचित नभए गठबन्धनबाट बाहिरने समेत जसपाको तयारी छ ।

जसपाले मधेसमा आधा सीट अर्थात १६ सहित कम्तिमा २० सीट दावी गरेकोमा १६ सीटमात्र पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्