तीन सातामा साटियो ५५ अर्बको नयाँ नोट, दशैँको लागी १६ अर्बका खुद्रा पैसा जनताको हातमा

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १५, शनिवार ०९:२८ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ ।

यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको हो ।



नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।



दसैँ बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका सय रुपैयाँभन्दा साना दरका (रु ५, १०, २०, ५० र रु १०० दरका) र ३९ अर्ब रुपैयाँ बराबर ठुला दरका (रु ५०० र १००० दरका) नोट सटही भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्