वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुरकाे टाइगर टोली (क्युआरटी) ले अवैध असुली गरिरहेकाे समाचार प्राप्त भएकाे छ । टाइगर टाेलीका प्रहरी बरिष्ठ हवल्दार अर्जुन साह कानु र सहायक हवल्दार मनोज दासकाे मिलाेमताेमा तस्करी लगायतकाे अवैध गतिविधि हुने गरेकाे समाचार स्राेतले जनाएकाे छ । स्राेतका अनुसार प्रहरी बरिष्ठ हवल्दार कानु र सहायक हवल्दार दासले तस्करहरुसंग महिनवारीले नै बुझि तस्करी गराउने गरेका छन् ।
यसका साथै प्रहरीद्वयले वडा प्रहरी कार्यालय श्रीपुरको एरिया भित्रका हाेटल, मदिरा भट्टीबाट, मसाज सेन्टर लगायतका अवैध गतिविधि हुने ठाउँबाट मासिक रुपमा महिनवारी समेत उठाउने गरेका छन् । हवल्दार दास र कानुले वीरगंज महानगरपालिकाको ड्राईपोर्ट, अलौ र कोनियाको सिमावर्ती नाकाबाट भन्सार छली गर्ने कारोबारीहरूसंग महिनावारी लिएर तस्करी गराइरहेकाे वताइन्छ । प्रहरी सहायक हवल्दार दासको दरवन्दी ओखलढुङ्गा जिल्लामा रहेपनि उनी अहिले काजमा श्रीपुरमा खटिएकाे बुझिएकाे छ ।
तस्करहरूले अलौ नाकाबाट भारतीय कपडा, इलेक्ट्रोनिक्स पार्ट पुर्जा, हार्डवेयरको सामान, खाद्यान्य, काजु किसमिस लगायतका सामान भन्सार छलि गरी सिमानाकामा खटिएका प्रहरीहरूको मिलेमतोमा नेपाल तर्फ भित्र्याइरहेका छन् । अलौ नाका भएर आफ्नो जीविको पार्जनका लागि, साइकल मोटरसाइकलमा किराना सामान ल्याउने खुद्रा व्यापारीहरूसंग पनि धाक धम्की देखाएर महिनाको २ हजार देखि ३ हजार सम्म लिने गरेको एकजना किराना व्यापारीले गुनासो गरेका छन् ।
अलौ नाकाबाट एक दर्जन साना व्यापारीहरू काम गर्ने गरेका छन् र ती सबै व्यापारीहरूसंग प्रहरी हवल्दार कानु र दासले महिनावारी लिने गरेका छन् । महिनावारी नदिने कारोबारीको सामान समातेर जिल्ला बुझाउने गरेको ती व्यापारीले बताए ।
यसका साथै वडा प्रहरी कार्यालय श्रीपुरकाे उजरी शाखामा कार्यरत प्रहरी सहायक हवल्दार अमित चाैरसियाले पनि सेवाग्राहीसंग अवैध असुली गरिरहेकाे वताइन्छ । सेवाग्राहीका अनुसार पैसा दिएकाहरुकाे जस्ताे सुकै काम गरिदिने र नदिने पिडित भएपनि दु:ख दिने गरेका छन् ।
उनकाे व्यवहार पनि प्रहरी आचरण विपरित रहेकाे पिडितहरुले गुनासाे गरेका छन् । उनी श्रीपुर मातहत पर्ने एरियाबाट पक्राउ परेका भन्सार छलीका अवैध सामानहरुबाट पनि केही सामान बुझाउने र केही बिक्री गर्नुकाे साथै घरमा समेत पठाउने गरेकाे स्राेतकाे भनाई छ ।
प्रहरी उपरिक्षक कुमाेद ढुंगेलकाे पालामा हेडक्वाटर सम्म उजरी परेपछि जिल्ला तानिएका चाैरसिया नयाँ प्रहरी उपरिक्षक आएपछि फेरी श्रीपुरमा जान सफल भएका हुन् । बाराका बरियारपुर निवासी चाैरसिया पुन: श्रीपुर गएपछि पहिला कै गतिविधिहरु सुरु गरेका छन् ।
प्रहरी सहायक हवल्दार चाैरसियाकाे असाेभनिय क्रियाकलापले उनी दलाल हुन् की प्रहरी छुट्याउने गाह्राे भएकाे सेवाग्राहीकाे गुनासाे छ । सेवाग्राहीका अनुसार उनी वडा प्रहरीमा डिउटीका बस्ता समेत कहिले प्रहरीकाे पाेशाक लगाउँदैन । प्रत्यक्षदर्शीका अनुसार उनी सधै सिभिल मै भेटिन्छन् । वडा प्रहरी कार्यालय बाहिर जाँदा त उनी प्रहरी अधिकृत सम्म परिचय दिने गरेकाे वताइन्छ ।
सामाचार स्राेतका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक श्याम कुमार बस्नेतका बिश्वास पात्रकाे रुपमा रहेका सहायक हवल्दार चाैरसियाले सम्पूर्ण किसिमकाे सेटिङ उनी नै गर्ने गरेका छन् । उनकै सेटिङमा श्रीपुर एरिया अन्तर्गतका हाेटलहरुमा प्रहरीले गर्ने छापामारीकाे क्रममा पक्राउ परेकाहरुलाई माेटाे रकम बुझेर यस्तै छाेडने समेत गरिएकाे छ ।
भख्रर केही दिन पहिला मात्र वीरगंजस्थित एक हाेटलमा एमआरकाे काम गर्ने एक पुरुष एक महिलासंग पक्राउ परेका थिए । ति महिला पुरुषलाई अनैतिक क्रियाकलाप गरेकाे आराेपमा पक्राउ गरेर वडा प्रहरी कार्यालय श्रीपुरमा ल्याइएपनि उनकै सेटिङमा माेटाे रकम बुझि विना कारवाही छाेडिएकाे विश्वासिलाे स्राेतले जनाएकाे छ ।
उनी विराेध यस्ता थुप्रै गुनासाे भएपनि उनलाई कारवाही गर्नुकाे साटाे राम्राे स्थान दिनुले उनले गर्ने अवैध असुलीमा प्रहरी निरिक्षक बस्नेकाे पनि संलग्नता रहेकाे बुझ्न थालिएकाे छ ।