यातायात बन्द गराउन खोज्ने १४ जना प्रहरीको नियन्त्रणमा



काठमाडौं । जर्वजस्ती यातायात बन्द गराउन खोज्ने १४ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार उनीहरूलाई काठमाडौं र पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान भइरहेको छ ।

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज