वीरगन्जमा न्यायाधीश खुशी थारूमाथि मोसो प्रहारपछि १३ पिएसओ र १० प्रहरी फिर्ता, १५ नयाँ प्रहरी खटाइयो

न्यूज डेस्क
२०८२ जेष्ठ ३०, शुक्रवार १५:०४ बजे

वीरगंज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरूका प्रमुख सुरक्षा अधिकृत (पिएसओ) तानिएका छन् । बिहीबार दिउँसो न्यायाधीश खुशी थारूमाथि नेकपा बहुमतका नेताहरूबाट मोसो प्रहार भएपछि १३ जना न्यायाधीशहरूका पिएसओ फेरिएका हुन् ।

यस्तै, अदालतको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको कमान्डको १० जनाको प्रहरी टोली पनि तानिएको छ । पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले न्यायाधीशहरूका १३ जना पिएसओ र सुरक्षामा खटिएका १० जना प्रहरी फिर्ता बोलाइएको बताए ।

प्रहरी नायब उपरीक्षक लम्सालले फिर्ता बोलाइएका न्यायाधीशहरूका नयाँ पिएसओ पठाइएको र अदालतको सुरक्षामा १० जना खट्दै आएकोमा अब १५ जना नयाँ प्रहरी पठाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्