पर्सामा प्रहरीको अभियान: ८ हजारभन्दा बढी अवैध गाँजा बोट नष्ट, नागरिकलाई सूचना दिन अपिल

धर्मेन्द्र प्रसाद यादव
२०८२ पुष ९, बुधबार १२:१८ बजे

वीरगंज ।  पर्सा प्रहरीले बहुदरमाई, जिराभवानी र पटेर्वा सुगौली गाउँपालिकामा अवैध गाँजा खेती फडानी गरेको छ।

 

ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको टोलीले मंगलबार बहुदरमाई नगरपालिका वडा १ मा करिब १.५ कठ्ठा क्षेत्रफलमा लगाइएको करिब १ हजार गाँजाका बोट नष्ट गरेको छ।

साथै, जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी निरीक्षक प्रकाश थापाको टोलीले सोमबार जिराभवानी गाउँपालिका वडा ५ र पटेर्वा सुगौली गाउँपालिका वडा ४ मा कुल ३.५ कठ्ठा जमिनमा लगाइएको करिब ७ हजार ५ सय गाँजाका बोट फडानी गरेको छ।

प्रहरी उपरीक्षक सुदीपराज पाठकले जिल्लाबासीलाई अवैध गाँजा खेतीबारे जानकारी पाएमा प्रहरीलाई सूचना दिन अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

धर्मेन्द्र प्रसाद यादव

धर्मेन्द्र प्रसाद यादव

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्