वीरगंज । पर्सा प्रहरीले बहुदरमाई, जिराभवानी र पटेर्वा सुगौली गाउँपालिकामा अवैध गाँजा खेती फडानी गरेको छ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको टोलीले मंगलबार बहुदरमाई नगरपालिका वडा १ मा करिब १.५ कठ्ठा क्षेत्रफलमा लगाइएको करिब १ हजार गाँजाका बोट नष्ट गरेको छ।
साथै, जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी निरीक्षक प्रकाश थापाको टोलीले सोमबार जिराभवानी गाउँपालिका वडा ५ र पटेर्वा सुगौली गाउँपालिका वडा ४ मा कुल ३.५ कठ्ठा जमिनमा लगाइएको करिब ७ हजार ५ सय गाँजाका बोट फडानी गरेको छ।
प्रहरी उपरीक्षक सुदीपराज पाठकले जिल्लाबासीलाई अवैध गाँजा खेतीबारे जानकारी पाएमा प्रहरीलाई सूचना दिन अपिल गरेका छन्।


प्रतिक्रिया!