धनुषामा २ किलो ४७० ग्राम गाँजासहित महिला पक्राउ

NEWS DESK
२०८३ कार्तिक ११, बुधवार १८:५० बजे

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा शहीदनगर नगरपालिका–१, भगवन टोलकी करिब ४० वर्षीया प्रमिला देवी मण्डल रहेकी छन्।

प्रहरीका अनुसार मण्डलको घरमा गाँजा बिक्रीवितरण हुने गरेको विशेष सूचना प्राप्त भएपछि मंगलबार इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको टोलीले उनको घरमा खानतलासी गरेको थियो। सो क्रममा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार बरामद गाँजासहित मण्डललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्