सर्लाहीमा महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सम्पन्न

NEWS DESK
२०८३ कार्तिक २०, शुक्रवार १९:४२ बजे

सर्लाही । राष्ट्रिय महिला आयोग र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त आयोजनामा शुक्रबार महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

२०८३ कात्तिक २० गते बिहान ९ बजे आयोजित कार्यक्रममा राष्ट्रिय महिला आयोगकी माननीय सदस्य विद्या कुमारी सिन्हा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेल, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

महिला सशक्तीकरण, महिलाको अधिकार तथा समाजमा महिलाको सम्मानजनक सहभागितासम्बन्धी विषयलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राष्ट्रिय महिला आयोग र प्रहरीको संयुक्त आयोजनामा भएको यस कार्यक्रमले महिला अधिकार संरक्षण तथा सशक्तीकरणका विषयमा सरोकारवालाबीच सहकार्य र जागरूकता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्