जगरनाथपुरमा कक्षा ११ का ८५ विद्यार्थीलाई कोट–पाइन्ट वितरण

NEWS DESK
२०८३ कार्तिक २०, शुक्रवार १८:३७ बजे

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत ८५ जना विद्यार्थीलाई कोट–पाइन्ट वितरण गरिएको छ।

शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विद्यार्थीहरूलाई विद्यालय पोसाकका रूपमा कोट–पाइन्ट वितरण गरेका हुन्।

उच्च शिक्षा अध्ययनप्रति किशोरकिशोरीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाको तर्फबाट विद्यार्थीलाई कोट–पाइन्ट उपलब्ध गराइएको अध्यक्ष यादवले बताए। विद्यार्थीहरूमा शिक्षाप्रतिको आकर्षण बढाउनुका साथै अध्ययनका लागि थप प्रेरित गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुस्लिम मियाँ, प्रधानाध्यापक हस्मुदिन राउत गद्दी, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको सहभागिता रहेको थियो।

गाउँपालिकाले शिक्षा क्षेत्रको विकास र विद्यार्थीको शैक्षिक वातावरण सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्