आज २०८३ कार्तिक २१ गते शनिबार (७ नोभेम्बर २०२६) । आज कार्तिक कृष्णपक्ष त्रयोदशी तिथि बिहान १०ः४७ बजेसम्म रहनेछ । त्यसपछि चतुर्दशी लाग्नेछ । चित्रा नक्षत्र अहोरात्र रहनेछ भने चन्द्रमा साँझ ६ः०६ बजेसम्म कन्या राशिमा रही त्यसपछि तुला राशिमा प्रवेश गर्नेछ । आजको दिन केही राशिका लागि नयाँ अवसर, आर्थिक लाभ र कार्यसफलताको योग देखिएको छ भने केही राशिले स्वास्थ्य, खर्च र पारिवारिक व्यवहारमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।
♈ मेष (Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य सबल रहनुका साथै काममा उत्साह जाग्नेछ । आफ्नो क्षमता र पुरुषार्थ देखाएर समाजमा स्थापित हुन सकिनेछ । चुनौतीहरू पन्छाउँदै काममा सफलता प्राप्त हुनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ गर्ने अवसर मिल्नेछ । साँझदेखि व्यापार व्यवसायमा लाभ हुनेछ । तर असुरक्षित कारोबारबाट धन गुम्न सक्ने भएकाले सजग रहनुहोला ।
♉ वृष (Taurus)
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
कामको मेसो नमिल्दा केही अलमल हुन सक्छ । छिटो नतिजा प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्नेछ । समयतालिका नमिल्दा योजना अधुरै रहन सक्छ । स्वास्थ्य कमजोर रहने भएकाले खानपान र आहारविहारमा ध्यान दिनुहोला । साँझदेखि परिस्थितिमा सुधार आउनेछ । प्रतिस्पर्धीलाई पछि पार्दै उपलब्धि हासिल गर्न सकिनेछ ।
♊ मिथुन (Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, हा
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्न सक्छ । प्रक्रिया नमिल्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ । सोचविचार नगरी दिएको वचनले समस्या निम्त्याउन सक्छ । अरूको व्यवहारले शंका उत्पन्न गराए पनि मान्यजनको सुझाव मान्दा फाइदा हुनेछ । साँझतिर काम बिग्रने चिन्ताले सताउन सक्छ । अस्वस्थताका बाबजुद काममा खटिनुपर्ने हुन सक्छ । नतिजा सुधार्न दोहोर्याएर प्रयास गर्नुपर्नेछ ।
♋ कर्कट (Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ अवसर प्राप्त हुनुका साथै पेसा व्यवसायमा फाइदा हुनेछ । साथीभाइको सहयोग जुट्नाले राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । भूमि तथा पशुधनबाट मनग्य लाभ मिल्नेछ । प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ । साँझदेखि केही घरायसी समस्याले सताउन सक्छन् । आफन्तसँग दूरी बढ्न सक्ने भएकाले साथीभाइ तथा परिवारसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूको भर पर्दा आफू पछि पर्न सकिन्छ ।
♌ सिंह (Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको विषयमा अनावश्यक चासो राख्दा स्वयं समस्यामा पर्न सकिन्छ । विवादास्पद कामको जिम्मेवारीले नोक्सान पुर्याउन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्ने समय भएकाले सजग रहनुहोला । पेसा व्यवसायमा सामान्य प्रगति हुनेछ । साँझतिर परिस्थितिमा सुधार आउनाले मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ । नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ भने व्यापारमा लाभ हुनेछ ।
♍ कन्या (Virgo)
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले उपलब्धिमूलक काम गर्ने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । आकर्षक उपहारले उत्साह बढाउनेछ । साँझतिर फजुल खर्च बढ्न सक्छ । अरूको भर पर्दा आफ्नो फाइदा गुम्न सक्ने भएकाले शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नुहोला ।
♎ तुला (Libra)
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आकस्मिक खर्च बढ्नुका साथै आर्थिक अभाव देखिन सक्छ । काम बिग्रने चिन्ताले सताउन सक्छ । थोरै उपलब्धिमै चित्त बुझाउनुपर्ने हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । आफ्नो मिहिनेतको प्रतिफल अरूले लिन खोज्न सक्छन् । लाभ प्राप्त गर्न दोहोर्याएर प्रयास गर्नुपर्नेछ । साँझतिर सहयोगीहरूको साथ मिल्नेछ । मिहिनेतले नयाँ अवसर दिलाउनुका साथै मनग्य लाभ हुनेछ ।
♏ वृश्चिक (Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् । तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना छ । बीचमा काम अड्किनाले रकम सहजै हात नलाग्न सक्छ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउन सक्ने भएकाले सजग रहनुहोला । साँझदेखि खर्च बढ्नाले आर्थिक अभाव देखिन सक्छ । आवश्यकता पूरा गर्न सापटी वा ऋण लिनुपर्ने हुन सक्छ । सोख पूरा गर्ने क्रममा फजुल खर्च बढ्न सक्छ ।
♐ धनु (Sagittarius)
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
पहिले रोकिएका काम अघि बढ्नाले उत्साह जाग्नेछ । मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ । तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नेछ । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । नयाँ अवसर प्राप्त हुनेछन् भने दिगो फाइदा हुने कामको जग बसाउने मौका मिल्नेछ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट समेत लाभ हुनेछ ।
♑ मकर (Capricorn)
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । पेसा व्यवसायमा कामको चाप बढ्नेछ । अपेक्षाअनुसार फाइदा नहुँदा जोश र जाँगरमा कमी आउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्नेछ । आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू सक्रिय हुन सक्छन् । तापनि साँझतिर समस्या सुन्ने र सहयोग गर्ने व्यक्तिहरू भेटिनेछन् । प्रयास गर्दा काम बन्नेछ र भविष्यका लागि बलियो आधार तयार गर्न सकिनेछ ।
♒ कुम्भ (Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहन सक्ने समय छ । खर्च र चुनौती बढ्ने भएकाले व्यवहारमा सजग रहनुहोला । कामको चाप बढे पनि सानातिना समस्याले अल्झाउन सक्छन् । अवसरको खोजीमा दौडधुप गर्नुपर्नेछ । आफ्नो श्रम परे पनि प्रतिफल अरूले लिन सक्ने सम्भावना छ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
♓ मीन (Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
प्रियजनसँग भेटघाट हुनेछ । घुमफिर तथा मनोरञ्जनको अवसर मिल्नेछ । भौतिक साधनले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुने सम्भावना छ । मित्रता र प्रेम सम्बन्ध प्रगाढ बन्नेछन् । आफन्तबाट स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ । प्रयास गर्दा दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । साँझतिर स्वास्थ्य कमजोर रहन सक्छ भने काम बिग्रने चिन्ताले सताउन सक्छ ।


तपाईको प्रतिक्रिया !