कार्तिक १७ गतेको राशिफल : १२ राशिको भाग्यमा के छ?

NEWS DESK
२०८३ कार्तिक १७, मंगलवार ०८:१७ बजे

आज २०८३ साल कार्तिक १७ गते मंगलबार। ग्रह–नक्षत्रको प्रभावअनुसार आज केही राशिका लागि नयाँ अवसर, आर्थिक लाभ तथा प्रेम सम्बन्धमा सुखद समय रहनेछ भने केही राशिले स्वास्थ्य, आर्थिक कारोबार र पारिवारिक विषयमा सावधानी अपनाउनुपर्ने देखिन्छ। हेर्नुहोस्, आजको विस्तृत राशिफल।

आजको पञ्चाङ्ग

  • तिथि : कार्तिक कृष्णपक्ष नवमी, दिउँसो २:५८ बजेपछि दशमी।
  • नक्षत्र : अश्लेषा, बिहान ७:४८ बजेपछि मघा।
  • चन्द्रराशि : कर्कट, बिहान ७:४८ बजेपछि सिंह।

♈ मेष (Aries)

परिस्थितिवश सोचेका काम रोकिन सक्छन्। कामको मेसो नमिल्दा योजना अधुरै रहने सम्भावना छ। धैर्य र लगनशीलताले उपलब्धि दिलाउनेछ। स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ। व्यवसायबाट लाभ हुनेछ भने सन्तानको साथले उत्साह बढाउनेछ।

♉ वृष (Taurus)

निर्णय लिएर पनि परिस्थितिअनुसार अघि बढ्न नसक्दा पछि परिनेछ। मनोरञ्जनमा समय र धन खर्च हुन सक्छ। साझेदारीमा समस्या आउन सक्ने भएकाले आर्थिक तथा व्यावसायिक सम्झौतामा सावधानी अपनाउनुहोला। दीर्घकालीन योजनामा हतार नगर्नु उचित हुनेछ।

♊ मिथुन (Gemini)

काममा केही बाधा आउनेछन्। प्रतिस्पर्धीबाट अवरोध सिर्जना हुन सक्छ। व्यवसायमा सामान्य लाभ हुनेछ। आलस्य त्यागेर मेहनत गर्दा रोकिएका काम बन्नेछन्। नयाँ योजना सुरु गर्नुअघि उचित समयको प्रतीक्षा गर्नुहोला।

♋ कर्कट (Cancer)

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली र व्यवहारमा संयम अपनाउनुहोला। आर्थिक कारोबार तथा उधारो व्यापारमा विशेष सतर्क रहनुपर्नेछ। नियमित कामबाट लाभ हुनेछ। अरूका विषयमा अनावश्यक चासो लिँदा विवादमा पर्न सकिन्छ।

♌ सिंह (Leo)

नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि बढ्नेछन्। रचनात्मक कामबाट सफलता र राम्रो धन आर्जन हुनेछ। परिवारका सदस्यसँग भेटघाट हुनेछ। प्रेम तथा मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ। पुराना कमजोरी सुधार्ने अवसर मिल्नेछ।

♍ कन्या (Virgo)

विभिन्न समस्याले दौडधुप बढाउन सक्छ। घरायसी खर्च बढ्ने र आर्थिक अभावले सताउने सम्भावना छ। व्यवसायमा लेनदेन गर्दा सावधानी अपनाउनुहोला। मिहिनेतअनुसार आंशिक लाभ हुनेछ। आकस्मिक यात्राको सम्भावना पनि छ।

♎ तुला (Libra)

मिहिनेतले काममा सफलता दिलाउनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने विभिन्न स्रोत तथा साधन जुट्नेछन्। व्यापारमा आंशिक लाभ हुनेछ। आफ्नो मेहनतको फाइदा अरूले उठाउन नपाऊन् भन्नेमा सजग रहनुहोला।

♏ वृश्चिक (Scorpio)

ढिलासुस्तीले काम रोकिन सक्छ। दोहोर्‍याएर प्रयास गर्दा सामान्य लाभ मिल्नेछ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्ने भएकाले सजग रहनुहोला। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिने व्यक्तिबाट सतर्क रहनुहोला।

♐ धनु (Sagittarius)

अप्ठ्यारो परिस्थितिले समस्या निम्त्याउन सक्छ। स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। गोप्य रहस्य पत्ता लाग्न सक्छ। निरन्तर प्रयासले अप्रत्याशित आर्थिक लाभ मिल्ने सम्भावना छ।

♑ मकर (Capricorn)

व्यस्तता बढ्नुका साथै शारीरिक कमजोरी महसुस हुन सक्छ। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला। लगानी गर्नुअघि राम्रोसँग विचार गर्नु उचित हुनेछ। अनावश्यक अडानले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकको सुझावले अप्ठ्यारा परिस्थिति टार्न मद्दत गर्नेछ।

♒ कुम्भ (Aquarius)

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको अवसर मिल्नेछ। आफ्नो नाम प्रयोग गरेर अरूले फाइदा उठाउन सक्ने भएकाले सचेत रहनुहोला। पारिवारिक विवादबाट टाढा रहनु उचित हुनेछ। विदेश यात्राको योजना बन्न सक्छ।

♓ मीन (Pisces)

वादविवादले काममा बाधा पुर्‍याउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। बाहिरी स्रोत जुट्नाले आर्थिक तथा व्यावसायिक क्षेत्रमा उत्साह बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। निरन्तर मेहनतले अपेक्षित उपलब्धि दिलाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्