वीरगञ्ज । मिक्स मार्शल आर्ट खेलको मधेश प्रदेश अध्यक्ष पदमा सन्तोष पटेल नियुक्त हुनुभएको छ ।
पटेलको नियुक्तिसँगै मधेश प्रदेशमा मिक्स मार्शल आर्ट खेलको विकास, विस्तार तथा खेलाडीहरूको क्षमता अभिवृद्धिमा नयाँ उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।
अध्यक्षमा नियुक्त हुनुभएका पटेललाई विभिन्न क्षेत्रका व्यक्तित्व, खेलप्रेमी तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
पटेलको नेतृत्वमा मधेश प्रदेशमा मिक्स मार्शल आर्ट खेललाई थप व्यवस्थित र लोकप्रिय बनाउनुका साथै नयाँ प्रतिभाको पहिचान तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
प्रदेशका खेलाडीहरूलाई उचित अवसर, प्रोत्साहन र आवश्यक प्रशिक्षणको व्यवस्था गर्दै खेलकुदको अनुकूल वातावरण निर्माण गर्न उहाँको नेतृत्व प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, मिक्स मार्शल आर्टमार्फत युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने तथा प्रदेशलाई राष्ट्रियस्तरमा चिनाउने अवसरसमेत सिर्जना हुने विश्वास व्यक्त गरिएको छ ।
पटेलको नियुक्तिलाई मधेश प्रदेशमा मिक्स मार्शल आर्ट खेलको विकास र विस्तारका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।


तपाईको प्रतिक्रिया !