बाराको महागढीमाईमा अवैध मदिरा भट्टी नष्ट, ५ हजार लिटर घरेलु मदिरा नष्ट

NEWS DESK
२०८३ कार्तिक १८, बुधवार १९:०८ बजे

वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकामा प्रहरीले अवैध रूपमा सञ्चालन गरिएका घरेलु मदिरा भट्टी नष्ट गर्नुका साथै करिब पाँच हजार लिटर तयारी मदिरा नष्ट गरेको छ।

बुधबार बिहान करिब १० बजे महागढीमाई नगरपालिका–३ र १० नम्बर वडा क्षेत्रमा अवैध घरेलु मदिरा भट्टी सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

प्रहरी चौकी गञ्जभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुरप्रसाद यादवको कमान्डमा खटिएको चार सदस्यीय टोलीले विभिन्न स्थानमा सञ्चालन गरिएका अवैध मदिरा भट्टीमा कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कारबाहीका क्रममा प्रहरीले मदिरा उत्पादन गर्न प्रयोग गरिएका भट्टी नष्ट गर्नुका साथै बिक्री वितरणका लागि तयार पारेर राखिएको करिब पाँच हजार लिटर घरेलु मदिरासमेत नष्ट गरेको थियो।

बुधबार बिहान १० बजे सुरु भएको प्रहरी कारबाही १०ः५० बजे सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्