काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाउँदै केसीलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारले पदमुक्त गरिएका कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ।
यसअघि पनि सरकारले आईजीपी कार्कीलाई हटाउन लागेको समाचार सार्वजनिक भएको थियो। कार्कीले गत कात्तिक २७ गतेदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ।


तपाईको प्रतिक्रिया !